काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एमालेले आफ्नो घोषणापत्रमा सहकारीमा सुशासन र पारदर्शिता ल्याई बचतकर्ताको हित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
साथै समस्याग्रस्त सहकारीका कारण पीडित भएका बचतकर्ताको रकम छिटो, पारदर्शी र उत्तरदायी ढंगले फिर्ता गराउने समेत घोषणापत्रमा उल्लेख छ । सहकारी संस्थामा भएको हिनामिना तथा रकम अपचलनको दोषीमाथि कडा कारबाही गर्दै दोषीबाट असुली हुने व्यवस्थासहित बचत फिर्ता ग्यारेन्टी कोष स्थापना गर्ने समेत घोषणपत्रमा उल्लेख छ ।
त्यस्तै, सहकारी दर्ता, प्रतिवेदन, सूचना प्रणालीलाई पूर्णरुपमा डिजिटल बनाउने, सहकारीको व्यवसायीकरण, ब्रान्डिङ, गुणस्तर र ई–कमर्समार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पहँुच विस्तार गर्ने जनाएको छ ।






Comment