काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले १ जना प्रमुख वित्त अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।
उम्मेदवारको उमेर २५ वर्ष पुरा नभई ४५ वर्ष ननाघेको हुनु पर्नेछ र व्यवस्थापन मानविकी(अर्थशास्त्र) वा वाणिज्यशास्त्र विषयमा न्यूनतम द्धितिय श्रेणी वा सो सरहको अंकसहित स्नाकोत्तर तह उत्तिण गरेको हुनु पर्नेछ ।
यस्तै बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तिमा ३ वर्ष कार्य गरेको हुनु पर्नेछ । सर्टलिस्टमा परेका आवेदकलाई मात्रै आगामी चरणको छनौट प्रक्रियामा समावेश गरिने बैंकले जनाएको छ ।
इच्छुक आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ ।






Comment