काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले घटेको छ । आज बजार २०.७५ अकंले घटेर २६४२.१५ बिन्दुमा कायम भएको हो । आज बजारमा ४२ कम्पनीको शेयरमुल्य बढ्दा २१४ कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।
आज ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ।
आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आँखुखोला जलविद्युतको ४४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। ङादी ग्रुप पावरको ३१ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिलाइनस स्पीनिङ मिल्सका लगानीकर्ताले ९.६४ प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । यसदिन ११ समूहको शेयर मूल्य ओरालो लागेको छ । फाइनान्स कम्पनीको २.११ प्रतिशत, विकास बैंक समूहको १.१८ प्रतिशत, हाइड्रोपावर समूहको १.६३ प्रतिशतले शेयर मूल्य घटेको छ ।






Comment