नेप्से ओरालो लाग्दा सालपा विकास बैंकका लगानीकर्ताले मनग्य कमाए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

नेप्से ओरालो लाग्दा सालपा विकास बैंकका लगानीकर्ताले मनग्य कमाए

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले घटेको छ । आज बजार २०.७५ अकंले घटेर २६४२.१५ बिन्दुमा कायम भएको हो । आज बजारमा ४२ कम्पनीको शेयरमुल्य बढ्दा २१४ कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।

आज ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ।

आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आँखुखोला जलविद्युतको ४४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। ङादी ग्रुप पावरको ३१ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिलाइनस स्पीनिङ मिल्सका लगानीकर्ताले ९.६४ प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । यसदिन ११ समूहको शेयर मूल्य ओरालो लागेको छ । फाइनान्स कम्पनीको २‍.११ प्रतिशत, विकास बैंक समूहको १.१८ प्रतिशत, हाइड्रोपावर समूहको १.६३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

प्रकाशित : ५ फाल्गुन २०८२, मंगलबार १५:१५ 17 February, 2026 3:15 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।