८ दशमलव ८४ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

८ दशमलव ८४ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ २२ जेठ । सोमबार नेप्से ८ दशमलव ८४ अंकले उकालो लागेको छ । आइतबार ओरालो लागेको नेप्से सोमबार ८ अंकले बढे्को छ । १५ सय ९३ मा खुलेको नेप्से १६ सय २ मा पुगेर बन्द भएको छ। सोमबार फायनान्स समुह बाहेक अरु सबै समुहले कमाएको छ ।
सोमबार उतपादनमुलक समुहले सबै भन्द धेरै कमाएको छ। सोमबार उतपादनमुलक समुह २१ दशमलव ६९ अंकले उकालो लागेको छ। सोमबार इन्स्योरेन्स समुह १५ दशमलव १ अंकले , विकास बैँक १० दशमलव ९ अंकले, बैकिड. समुह १० अंकले, जलविधुत समुह ७ दशमलव २७ अंकले, होटल समुह ६ दशमलव ०७ अंकले, र अन्य समुह ४ दशमलव ६३ अंकले उकालो लागेको छ ।
सोमबार फायनान्स समुह भने ० दशमलव ९५ अंकले ओरालो लागेको छ।
सोमबार कारोबारमा आएका १४९ कम्पनी बाट १३ लाख ९१ हजार ८ सय ९० कित्ता शेयरबाट ६२ करोड २ लाख ७ हजार ८ सय ९० रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : २२ जेष्ठ २०७४, सोमबार ०९:४१