लगानीकर्ताका लागि ‘स्मार्ट फ्राइडे’ को विशेष सत्र : पूँजी बजार नीति र समसामयिक घटनामाथि गहिरो छलफल हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

लगानीकर्ताका लागि ‘स्मार्ट फ्राइडे’ को विशेष सत्र : पूँजी बजार नीति र समसामयिक घटनामाथि गहिरो छलफल हुने



काठमाडौं । नेपाली पूँजी बजार निरन्तर बदलिँदो नीतिगत व्यवस्था, नियामक निर्णय तथा समसामयिक आर्थिक–राजनीतिक घटनाक्रमबाट प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएको छ। यिनै विषयलाई केन्द्रमा राख्दै SMART Growth Ventures Pvt. Ltd. ले ‘SMART Friday Insight Series – Episode 8’ आयोजना गर्ने भएको छ।

आगामी फागुन ८, २०८२ ९फेब्रुअरी २०, २०२६० शुक्रबार साँझ ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको मुख्य विषय “Capital Market Policies & Current Affairs” रहेको छ। कार्यक्रम Google Meet र YouTube मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा गुणनिधि भुसाल, प्रबन्ध निर्देशक, Aryatara Investment & Securities Pvt. Ltd. (Broker No. 57) सहभागी हुनेछन्।

भुसालले पूँजी बजार नीति किन बुझ्न आवश्यक छ, current affairs ले छोटो तथा दीर्घकालीन लगानी रणनीतिमा कसरी प्रभाव पार्छ, तथा नीति परिवर्तनलाई लगानीकर्ताले कसरी विश्लेषण गर्नुपर्छ भन्ने विषयमा व्यावहारिक दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम छ।

आयोजकका अनुसार हाल पूँजी बजारमा नियामक परिमार्जन, मौद्रिक नीतिका संकेत, ब्याजदरको उतार–चढाव तथा राजनीतिक निर्णयहरूले बजारको दिशामा उल्लेखनीय प्रभाव पारिरहेका छन्। यस्ता अवस्थालाई सूचनामा आधारित विश्लेषणमार्फत बुझ्नु नै सचेत लगानीको पहिलो कदम भएको बताइएको छ।

कार्यक्रममा सहभागीहरूले प्रत्यक्ष रूपमा प्रश्न सोध्न र वक्तासँग अन्तरक्रिया गर्न सक्नेछन्। यसले सैद्धान्तिक जानकारी मात्र नभई व्यवहारिक अनुभवसमेत आदान–प्रदान हुने विश्वास आयोजकको छ।

‘SMART Friday Insight Series’ पूँजी बजारमा सूचना, विश्लेषण र सचेत लगानी संस्कार विकास गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको निरन्तर लगानी शिक्षा अभियान हो।“Where Knowledge Meets Opportunity” भन्ने मूल नारासहित यस अभियानले नेपाली लगानीकर्तालाई दीर्घकालीन रूपमा सक्षम र जिम्मेवार बनाउने लक्ष्य राखेको जनाएको छ।

यसअघि सम्पन्न एपिसोडहरूमा ‘Use of Collateral Smartly’, ‘Social Security Fund (SSF)’, ‘Top Mistakes New Investors Make’, ‘How to Survive & Grow in the Stock Market’, ‘SIP Investing in Nepal’, ‘How Nepal Stock Market Actually Works’ र ‘Capital Market Literacy’ जस्ता विषयमा छलफल भइसकेको छ। आयोजकका अनुसार पछिल्ला एपिसोडहरूमा युवा तथा नयाँ लगानीकर्ताको उल्लेख्य सहभागिता देखिएको छ।

कार्यक्रममा सहभागी हुन इच्छुकले Google Form मार्फत दर्ता गर्न सक्नेछन्। साथै पोस्टरमा रहेको QR Code स्क्यान गरेर पनि दर्ता गर्न मिल्ने व्यवस्था गरिएको छ। आयोजकले सही जानकारीका आधारमा सुरक्षित र दीर्घकालीन लगानी गर्न चाहनेहरूलाई कार्यक्रममा अनिवार्य सहभागी हुन आग्रह गरेको छ।

प्रकाशित : 16 February, 2026 12:29 pm