हिमाली हाईड्रो फण्डले २० प्रतिशत आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमाली हाईड्रो फण्डले २० प्रतिशत आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान



काठमाडौं । हिमाली हाईड्रो फण्ड लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न चौथो वार्षिक साधारण सभा आह्वान गरेको हाे।

कम्पनीका अनुसार सभा फागुन २४ गते बिहान १० बजेदेखि काठमाडौँस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सुरु हुनेछ। उक्त सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत बराबरको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ।

साधारण सभामा आईपीओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित गरिने तयारी छ। साथै, आईपीओबाट संकलित रकमको उपयोग योजना तय गर्ने विषयमा पनि छलफल भई निर्णय गरिनेछ।

यसैगरी, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरेको छ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षित वित्तीय विवरण तथा नाफा–नोक्सान सम्बन्धी प्रतिवेदन पारित गर्ने कार्यक्रमसमेत तय गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित : 15 February, 2026 1:29 pm