नेको इन्स्योरेन्सको ६ महिनाको वित्तीय नतिजा : आम्दानी घट्यो, खर्च बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेको इन्स्योरेन्सको ६ महिनाको वित्तीय नतिजा : आम्दानी घट्यो, खर्च बढ्यो



काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म (पछिल्लो ६ महिनामा) १ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार जेन–जी आन्दोलन र असोजमा आएको बाढी पहिरोका कारण बीमा दाबीमा वृद्धि भए पनि कम्पनीले नाफा आर्जन गर्न सफल भएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ६० लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो । त्यसैले चालु आवमा नाफा घट्नु स्वाभाविक मानिएको छ । कम्पनीले चालु आवको छ महिनामा १ अर्ब १८ करोड ५४ लाख ४७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो, जसले व्यवसायमा सामान्य गिरावट देखाउँछ ।

पुस मसान्तसम्मको खुद बीमाशुल्क पनि ६८ करोड ६६ लाख बाट १.४९ प्रतिशत वृद्धि भई ६९ करोड ६९ लाख पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ४ करोड ७० लाख बाट घटेर १ अर्ब २ करोड ७१ लाख नाघेको छ भने कुल खर्च ८२ करोड ४१ लाख बाट २२.७७ प्रतिशत वृद्धि भई १ अर्ब २ करोड १७ लाख पुगेको छ ।

त्यस्तै, अभिकर्तालाई कमिशन बापत दिएको रकम २ करोड १४ लाख बाट ४४.३२ प्रतिशत वृद्धि भई ३ करोड १० लाख नाघेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १५.५१ रुपैयाँ बाट घटेर ०.८० रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ २३३.३५ रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ६९ करोड रहेको छ ।
महाविपत्ति कोषमा १६ करोड ७७ लाख र जगेडा कोषमा ५८ करोड ७१ लाख सञ्चित रहेको छ ।

प्रकाशित : 12 February, 2026 11:41 am