साहस उर्जाको २१ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साहस उर्जाको २१ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साहस उर्जा लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको २१ प्रतिशत अर्थात ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षका लागि २१ प्रतिशत बोनस र १.१०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २२.१०५३ प्रतिशत लाभांश वितरण गरेको थियो । सोही बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

अब आगामी कारोबारदेखि कम्पनीको उक्त बोनस शेयर दोस्रो बजारमा कारोबार हुनेछ ।

प्रकाशित : 9 February, 2026 6:03 pm