काठमाडौँ २२ जेठ ।नेपालको पूँजी बजारमा लगानी गर्न चाहने बिदेशी लगानीकर्तालाई पनि अब चाँडै बाटो खुल्ला हुने भएको छ ।
सरकारले बिदेशी लगानी तथा प्रबिधि हस्तान्तरण बिधेयक पारित गरेपछि त्यस्तो संभावनाको ढोका खुल्न लागेको हो । मन्त्रिपरिषदले गतसाता पारित गरेको बिधेयक संसदबाट पारित भएपछि कानुन बन्नेछ ।बिधेयकमा बिदेशी कम्पनी र गैरआवासीय नेपालीलाई नेपालको सेयर बजारमा लगानी गर्न खुल्ला गर्ने प्रावधान छ । धितोपत्रको दोस्रो बजारमा बिदेशीले लगानी गर्न उद्योग बिभागमा पूँजी लगानी कोष स्थापना गर्नुपर्ने र राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ ।
बिदेशी संस्थागत लगानीकर्ता र गैरआवासीय नेपालीले राष्ट्र बैंकको स्वीकृतिमा अमेरिकी डलरमै लगानी गर्न पाउने सुनिश्चितता बिधेयकले गरेको छ ।लगानीकर्ताले आफ्ले नेपालमा लगानी गरेको रकम सिधै फिर्ता लैजानसक्ने ब्यवस्था पनि गरेको छ । यसअघि नाफा तथा लगानी फिर्तामा धेरै झंझट र अन्योल रहे पनि अब धेरै सरलीकृत हुने भएको छ ।
बिधयेकले बिदेशी लगानीकर्ता र नेपाली लगानीकर्तामा कुनै भेदभाव नगरिने पनि स्पष्ट पारेको छ । दुबै खाले लगानीकर्तालाई राज्यले समान ब्यवहार गर्नेछ ।त्यसैगरी पाँच अर्बसम्मको बिदेशी लगानी सिधै उद्योग बिभागले स्वीकृत गर्नसक्ने भएको छ । यसअघि बिभागले दुई अर्बसम्मको मात्रै स्वीकृति दिनसक्ने ब्यवस्था थियो ।बिधेयकलाई छिट्टै संसदमा पेश गरिने उद्योग मन्त्रालयले जनाएको छ ।
Comment