दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा



राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबार काठमाडाैँकाे चाल्नाखेलबाट नियन्त्रणमा लिएको छ। उनीविरुद्ध साइबर ब्युरोमा दर्ता भएको उजुरी तथा निर्वाचन आयोगबाट प्राप्त पत्राचारको आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

साइबर ब्युरोमा परेका उजुरीको प्रारम्भिक अध्ययनपछि प्रसाईंलाई नियन्त्रणमा लिइएको हो।

निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी पत्र प्राप्त भएपछि त्यसको सन्दर्भमा थप अनुसन्धान आवश्यक देखिएकाले प्रसाईंलाई ब्युरोमा उपस्थित गराइएको हो ।

प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पटक पटक पक्राउ पर्दै आएका थिए ।

प्रकाशित : 6 February, 2026 2:18 pm