काठमाडौँ क्षेत्र नं. १ मा पुस्तान्तरणको सङ्केत : प्रबल थापाको उदय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

काठमाडौँ क्षेत्र नं. १ मा पुस्तान्तरणको सङ्केत : प्रबल थापाको उदय




काठमाडौँ। देशको राजनीतिक नक्सामा सधैँ निर्णायक मानिँदै आएको काठमाडौँ निर्वाचन क्षेत्र नं. १ फेरि एक पटक बहसको केन्द्रमा छ। यस पटक बहसको कारण केवल चुनाव होइन, नेतृत्वको पुस्तान्तरणको हो । नेपाली काँग्रेसले यही ऐतिहासिक क्षेत्रबाट युवा नेता प्रबल थापालाई उम्मेदवारका रूपमा अघि सार्दै स्पष्ट सन्देश दिएको छ, अब राजनीतिमा उमेर होइन, योग्यता, निष्ठा र दृष्टि निर्णायक हुनुपर्छ।
नेपाली काँग्रेसको प्रजातान्त्रिक परम्परामा दीक्षित प्रबल थापा कुनै आकस्मिक रूपमा नेतृत्वमा आएका नेता होइनन्। उनी निरन्तर राजनीतिक प्रशिक्षण, सङ्गठनप्रतिको समर्पण र वैचारिक स्पष्टताबाट खारिएका युवा नेता हुन् । वंश परम्पराको नाममा सहज राजनीतिक उचाइ चढ्ने संस्कृतिलाई चुनौती दिँदै थापाले आफ्नै क्षमता र परिश्रम मार्फत राजनीतिक यात्रालाई अघि बढाएका छन्।


१४औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नं. १ बाट अत्यधिक मतसहित महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु उनको जनआधार र सङ्गठनभित्रको स्वीकार्यताको ठोस प्रमाण हो। राजनीतिमा भीडको आवाज भन्दा पनि विश्वासको मत महत्त्वपूर्ण हुन्छ, जुन थापाले व्यवहारमै पुष्टि गरिसकेका छन्।


बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद थापाको राजनीतिक दर्शनको मेरुदण्ड हो। लोकतन्त्र केवल सत्ता प्राप्तिको साधन होइन, सामाजिक न्याय, आर्थिक समानता र मानवीय मर्यादाको संरक्षण हो भन्ने विश्वासमा उनी दृढ छन्। यही दृष्टिकोणका कारण उनी राजनीतिलाई व्यक्तिगत लाभको माध्यम नभई सामाजिक उत्तरदायित्वका रूपमा बुझ्छन्।
विदेशको सुविधा, अवसर र स्थायित्व त्यागेर जन्मथलो बानेश्वरलाई कर्मथलो बनाउनु उनको प्रतिबद्धताको जीवन्त उदाहरण हो। देश र मातृभूमि भन्दा ठुलो कुनै विकल्प छैन भन्ने सोच आजको अवसरवादी राजनीतिमा दुर्लभ मानिन्छ। देश र मातृभूमिभन्दा ठुलो कुनै विकल्प छैन भन्ने सोच प्रबल थापाको राजनीतिक अडान र बलियो आत्मविश्वासले नै प्रस्ट पारिसकेको छ ।

काठमाडौँ क्षेत्र नं. १ मा प्रकाशमान सिंहको चार कार्यकालको ऐतिहासिक योगदानपछि नयाँ युवा नेतृत्वको खाँचो र अहिलेको जेन्जी पुस्ता युगको माग स्वाभाविक रूपमा उठेको छ। त्यो माग अनुभवविहीन आवेग होइन, नयाँ ऊर्जा र नयाँ सोचसहितको जिम्मेवार नेतृत्व हो भने त्यो प्रबल थापा हो र, यही सन्तुलनको प्रतिनिधिका सिङ्गो पात्र हुन थापा । अनुभवबाट सिक्ने र भविष्यतर्फ हेर्ने सक्ने ब्याक्ति पनि हुन थापा।


आज मुलुकले भोगिरहेको राजनीतिक अन्योल, अविश्वास र निराशाको वातावरणमा नेपाली काँग्रेसले मात्र स्थायित्व र लोकतान्त्रिक निरन्तरताको आधार दिन सक्छ। र त्यो काँग्रेसलाई अगाडि बढाउने दायित्व अब जिम्मेवार युवाहरूको काँधमा सारिनुपर्छ। प्रबल थापाको उम्मेदवारी त्यसैको सङ्केत हो।

विरासतको नाममा जकडिएको पुरानो संरचना तोड्दै इमानदार, पारदर्शी र जनउत्तरदायी नेतृत्व स्थापित गर्ने यो अवसरलाई काठमाडौँ क्षेत्र नं. १ का मतदाताले गम्भीरतापूर्वक मूल्याङ्कन गर्नुपर्ने समय आएको छ।
प्रबल थापा केवल उम्मेदवार होइनन्। उनी परिवर्तनको सम्भावना बोकेका आशा लाग्दा युवा नेता हुन्।

प्रकाशित : 6 February, 2026 9:37 am