सोलु हाइड्रोपावरको आइपीओ बाँडफाड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सोलु हाइड्रोपावरको आइपीओ बाँडफाड



काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर बाँडफाँट भएको छ । कम्पनीले २९ पुसदेखि बिक्रीमा राखेको आइपीओ आज बाँडफाँड भएको हो ।

कम्पनीले २९ पुसदेखि ४ माघसम्म सर्वसाधारणलाई ८२ लाख कित्ता शेयर बिक्रीमा राखेको थियो । जसमा कूल २५ लाख ३६ जना आवेदकले आईपीओका लागि आवेदन दिएका थिए ।

जसमध्ये २४ लााख ७१ हजार ७ जनाको आवेदन योग्य रहेकोमा ८ लाख २० हजार जनाले मात्र जनही १० कित्ताको दरले कम्पनीको शेयर पाएका छन् । बाँकी १७ लाख १६ हजार आवेदकको हात खाली भएको छ ।

प्रकाशित : 26 January, 2026 5:23 pm