एभरेष्ट बैंक र वेस्ट रेमिट बिच रेमिट्यान्स भुक्तानी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट बैंक र वेस्ट रेमिट बिच रेमिट्यान्स भुक्तानी सम्झौता



काठमाडौं, १९ जेठ  । एभरेष्ट बैंक लिमिटेड र वेस्ट रेमिटबिच एभरेष्ट रेमिटमार्फत आएको रकम भुक्तानी गर्ने कार्य सम्बन्धि सम्झौता भएको छ ।

हाल बैंकले आफ्नै अनलाइन रेमिट्यान्स सेवा एभरेष्ट रेमिटमार्फत सेवा प्रदान गरिरहेको छ । शुरुवातमा, यो सुविधा यू.ए.ई, कतार, बहराइन, ओमन, मलेसिया, बेलायत, अमेरिका, जापान र कोरियामा कार्यरत नेपालीहरुका लागि उपलब्ध गराएको थियो ।

वैदेशिक व्यापार सहज बनाउनलाई बैंकले विभिन्न देशहरुका बैंक/एजेन्सीहरुसँग सहकार्य गर्दै आएकोछ ।
त्यसैगरि, बैंकले इजी रेमिट, एक्सप्रेस मनि ट्रान्सफर, मनिग्राम, वेस्टर्न यूनियन मनि ट्रान्सफर, तथा क्यास एक्सप्रेससँग तत्काल रकम भुक्तानीका लागि यस अघि नै सम्झौता गरीसकेको छ । जसले बैंकलाई विश्वभरबाट आउने रेमिट्यान्स रकम भित्र्याउन सहज भएकोछ ।

साथै, बैंकले आफ्नो पन्जाब नेशनल बैंकको इन्डो नेपाल रेमिट्यान्स ‘क्ष्ल्च्भ्ःक्ष्त्’ मार्फत भारतबाट पनि रेमिट्यान्स भित्र्याउँदै आएको छ । यस सुविधामा ग्राहकहरुले पन्जाब नेशनल बैंकका शाखाहरु, पन्जाब नेशनल बैंकको मोबाइल वा इन्टरनेट बैंकिंग सुविधा तथा व्यवसायीक प्रतिनिधिहरु मार्फत एभरेष्ट बैंकमा सिधै रकम पठाउन सक्दछन् ।

बैंकले हाल आफ्ना ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटिएम तथा बृहत बाह्य सञ्जाल मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : १९ जेष्ठ २०७४, शुक्रबार ०९:५८