काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ताप्लेजुङस्थित पाथिभरा माताको दर्शनमा पुगेका छन्। चुनावी अभियानका क्रममा इलाम र पाँचथर हुँदै ताप्लेजुङ पुगेका उनी शुक्रबार बिहान पाथिभरा मन्दिर पुगेका हुन्। बालेन झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।
उनको पाथिभरा भ्रमणलाई पछिल्लो समय चर्किएको केबलकार निर्माण विवादसँग जोडेर हेरिएको छ। स्थानीय बासिन्दा तथा आदिवासी समुदायले पाथिभरा धार्मिक र सांस्कृतिक रूपमा संवेदनशील स्थल भएको भन्दै केबलकार निर्माणको विरोध गर्दै आएका छन्। यद्यपि बालेनले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।




Comment