सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, एकै दिन १० हजार रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, एकै दिन १० हजार रुपैयाँले बढ्यो

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ९२० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ५ हजार ७६ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित : ७ माघ २०८२, बुधबार १३:५५ 21 January, 2026 1:55 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।