काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर थप घटाएका छन् । प्रत्ययेक महिना ब्याजदर घटाइरहेका बैंकहरूले तरलता फालाफाल हुँदा माघका लागि पनि घटाएर नयाँ ब्याजदर लागु गरेका हुन् ।
पुस महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेप तर्फ औसत ४.८३४ प्रतिशत ब्याज प्रदान गरेका थिए । तर, माघ महिनाका लागि भने ०.१४९५ प्रतिशतविन्दु घटाएका छन् । माघमा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा औसत ४.६८४५ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् ।
आज ११ बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १ बैंकले बढाएकाे छ। बाँकीले स्थिर राखेका छन्, अर्थात् पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
माघ महिनाका लागि ब्याजदर बढाउनेमा प्राइम कमर्सियल बैंक रहेकाे छ । माघका लागि बैंकले ०.१५ प्रतिशत ब्याजदर बढाएर व्यक्तिगत मुद्दति तर्फ ४.४ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत पुर्याएकाे छ।
यी हुन् ब्याजदर घटाएका बैंकहरु, कसले कति तोके ?
हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले माघ महिनाका लागि मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् ।
व्यक्तिगत निक्षेप तर्फ हिमालयन बैंक र माछापुच्छ्रे बैंकले समान ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। माघमा यी दुई बैंकले क्रमशः ५ प्रतिशत र ४.५ प्रतिशत ब्याज दिने भएका छन् । यी बैंकहरुले संस्थागत तर्फ भने क्रमशः ४ प्रतिशत र ३ प्रतिशत दिएका छन् ।
यस्तै, सानिमा बैंकले माघ महिनामा व्यक्तिगत मुद्दति तर्फ ४.५५ प्रतिशत र संस्थागत तर्फ ३.३ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगत तर्फ ४.५५ प्रतिशत, र संस्थागतमा २.७५ प्रतिशत, लक्ष्मी सनराइजले व्यक्तिगत ४.५ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत, सिटिजन्स इन्टरनेश्नल बैंकले व्यक्तिगतमा ४.५ प्रतिशत र संस्थागतमा ३ प्रतिशत ब्याज दिने भएका छन् ।
यस्तै कुमारी बैंकले व्यक्तिगत मुद्दति तर्फ ४.४३ प्रतिशत र संस्थागत तर्फ ३.५ प्रतिशत, एभरेष्ट बैंकले व्यक्तिगत तर्फ ४.४ प्रतिशत, ३.५, कृषि विकास बैंकले व्यक्तिगततर्फ ४.४ प्रतिशत र संस्थागत तर्फ ७.७५ प्रतिशत, नेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ ४.४ प्रतिशत र संस्थागत तर्फ २.८ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ४.३६ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत ब्याज प्रदान गर्ने भएका हुन् ।






Comment