काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका संस्थापक एवं आधारभुत शेयरधनीहरुलाई सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्र्तक्रिया तथा पुर्नताजकी कार्यक्रमको आयोजना गरेको छ ।
पुस २७ गते आइतवार, लाजिम्पाटस्थित होटेल ¥याडिसनको ढुकुहलमा उक्त कार्यक्रमको आयोजना एवं सञ्चालन गरिएको थियो । कम्पनीका सञ्चालक समितिका सदस्यहरु तथा संस्थापक शेयरधनीहरु सहित करीब ६० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा श्रोत व्यक्तिको रुपमा नेपाल बीमा प्राधिकरणका सम्पत्ति शुद्धिकरण शाखा प्रमुख पदम प्रसाद सोडारीले कम्पनीको संस्थापक शेयरधनीहरु, सञ्चालक समितिका सदस्यहरु र कम्पनीको उच्च व्यवस्थापकहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन, नियम, नीति निर्देशनको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा उपस्थित केही संस्थापक शेयरधनीहरुले आ–आफनो धारणा तथा जिज्ञासा राखेका थिए ।






Comment