होटल फरेष्ट इनको आइपीओ आउँदै, कसले पाउँछ आवेदन दिन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

मुख्य समाचार

होटल फरेष्ट इनको आइपीओ आउँदै, कसले पाउँछ आवेदन दिन ?



काठमाडौं । होटल फरेष्ट इनले आउँदो माघ ४ गतेदेखि पहिलो चरणअन्तगैत वैदेशिक रोजगारमा रहेका नेपालीको आइपीओ जारी गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डले यो होटललाई ४० करोड रुपैयाँबराबरको अर्थात १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता शेयर जारी गर्न अनुमति दिएको छ। त्यसमध्ये १० प्रतिशतले हुन आउने ४ लाख कित्ता शेयर होटलले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गर्न लागेको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २ लाख कित्ता शेयरका लागि खरिद आवेदन दिन सक्नेछन्। आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका शाखा र सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

होटल फरेष्ट इनको आइपीओ निष्कासन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ। आइपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

प्रकाशित : 8 January, 2026 10:36 am