आयु इन्टरटेनमेन्टले आईपीओ निष्कासन गर्ने, प्रस्तावसहित साधारण सभा डाक्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

आयु इन्टरटेनमेन्टले आईपीओ निष्कासन गर्ने, प्रस्तावसहित साधारण सभा डाक्यो

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। आयु इन्टरटेनमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कम्पनी प्रालिबाट लिमिटेडमा रुपान्तरण भएपश्चात पहिलो वार्षिक साधारण सभा डाकिएको हो ।

पुस २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ १३ गते काठमाण्डौको पिंगलास्थानमा रहेको होटल बद्रिनाथमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, सञ्चालक समिति पुनर्गठन गर्ने, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने र यसमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन लगायत उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

प्रकाशित : २२ पुस २०८२, मंगलबार १४:३५ 6 January, 2026 2:35 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।