माया खोला हाईड्रोपावरको लक–इन खुल्दै, ७६ लाख ४८ हजार कित्ता बजारमा आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

माया खोला हाईड्रोपावरको लक–इन खुल्दै, ७६ लाख ४८ हजार कित्ता बजारमा आउने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आगामी माघ महिनामा समाप्त हुने भएको छ। कम्पनीको कुल ७६ लाख ४८ हजार कित्ता सेयरको लक इन अवधि माघ २५ गते समाप्त हुन लागेको हो ।

सो मितिमा कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।

लक इन अवधि खुल्न लागेको कुल सेयरमा ६६ लाख कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको १० लाख कित्ता र कर्मचारीका लागि बाँडफाँड गरिएको ४८ हजार कित्ता रहेको छ ।

कम्पनीले स्थानिय बासिन्दाका लागि विसं २०७९ मंसिर २३ गतेदेखि पुस १७ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । यस्तै कम्पनीले आम सर्वसाधारण (कर्मचारी समेत) का लागि भने विंस २०७९ माघ १३ गतेदेखि माघ १७ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले उक्त आईपीओ २०७९ माघ २६ गते बाँडफाँड गरेको थियो ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावलीअनुसार कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । यो अवधिमा यस्ता सेयरहरु बिक्री गर्न नपाइने व्यवस्था रहेको छ ।

कम्पनीले सञ्चालक सदस्य रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने पदमा रहेसम्म तथा पदबाट हटेपछि एक वर्षसम्म सेयर खरिद बिक्री गर्न नपाइने स्पष्ट पारेको छ ।

प्रकाशित : २१ पुस २०८२, सोमबार १५:०८ 5 January, 2026 3:08 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।