राष्ट्रिय सहकारी महासंघको वार्षिक साधारण सभा पुस २७ गते , यस्ता छन् एजेन्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

मुख्य समाचार

राष्ट्रिय सहकारी महासंघको वार्षिक साधारण सभा पुस २७ गते , यस्ता छन् एजेन्डा ?



काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले ३३औँ वार्षिक साधारण सभा पुस २७ गते आइतबार गर्ने भएको छ। सभा बिहान ८ बजे महासंघकै सभा कक्ष, पुल्चोक, ललितपुरमा गर्ने तयारी भएको जानकारी गराएको छ।

महासंघले संचालक समितिको २२६औँ बैठकको निर्णय अनुसार सभा सम्बन्धी एजेन्डा तथा प्रस्तावहरु सार्वजनिक गरेको छ। सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, वार्षिक लेखापरीक्षणको अनुमोदन, आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट स्वीकृति, लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण लगायत विविध विषयहरु छलफल गरिनेछ।

महासंघका अनुसार, कुनै कारणबस पत्र प्राप्त नभए पनि सदस्य संघरबैंकहरुले साधारण सभामा भाग लिन आवश्यक कागजातसहित उपस्थिति जनाउन सक्नेछन्। साथै, वार्षिक सेवा शुल्क बुझाउन बाँकी सदस्यहरुले आफ्नो सदस्यता नियमित गर्न अनुरोध गरिएको छ।

प्रकाशित : 2 January, 2026 4:05 pm