सिटिजन लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

सिटिजन लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा आज पुस १८ गते शुक्रबार काठमाडौंको नक्साल, भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम चुक्ता पूँजीको ५ अर्ब रुपैयाँको २० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ। लाभांश पारित भएसँगै अब कम्पनीले बूक क्लोज गरेको मितिभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरूले लाभांश पाउने भएका छन्।

त्यसैगरी साधारणसभाले अध्यक्ष पाण्डेको मन्तव्य सहित सञ्चालक समितिको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह र सोसँग सम्बन्धित अनुसूचीहरू सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ।

त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने विषय पनि उक्त साधारणसभाले टुङ्गो लगाएको छ। साथै स्वतन्त्र सञ्चालकको नियुक्ति बारेमा बीमा ऐन, २०७९ बमोजिम साधारणसभा सभामा जानकारी गराउने र सञ्चालक समितिका सदस्यहरूको सेवा सुविधाको सम्बन्धको प्रस्ताव पनि सभाले पारित गरेको छ।

गत आर्थिक वर्षमा सिटिजन लाइफबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न शीर्षकमा भएका खर्चहरू पनि साधारणसभाले अनुमोदन गरेको छ। साधारणसभा तथा लाभांश वितरणा प्रयोजनार्थ कम्पनीले गत पुस ८ गते शेयरधनी दर्ता किताब बन्द (बूक क्लोज) गरेको थियो।

प्रकाशित : १८ पुस २०८२, शुक्रबार १२:१२ 2 January, 2026 12:12 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।