सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ :मन्त्री खरेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ :मन्त्री खरेल

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमय भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले निर्वाचन हँुदैनकी भन्ने दुबिधाको अन्त्य भएको तथा सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको बताएका हुन् ।

उनले भने, ‘मुलुक निर्वाचनमय भएको छ । फागुन २१ गतेको निर्वाचन सुनिश्चित छ । निर्वाचन हँुदैनकी भन्ने दुबिधाको अन्त्य भएको छ । सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ । सरकारको दरिलो साथ निजी क्षेत्रलाई छ । उद्योग, व्यापार, व्यावसाय र निजी क्षेत्रको सुरक्षा हाम्रो साझा प्रतिबद्धता सबैको प्राथमिकतामा हुनुपर्छ । यसैगरी उनले उद्योग, व्यापार, व्यावसाय र निजी क्षेत्रको सुरक्षामा सबैको साझा प्रतिबद्धता हुनुपर्ने बताए ।

प्रकाशित : १६ पुस २०८२, बुधबार १७:१७ 31 December, 2025 5:17 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।