ज्योति विकास बैंकले एकैदिन ३ नयाँ शाखा संचालमा ल्यायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ज्योति विकास बैंकले एकैदिन ३ नयाँ शाखा संचालमा ल्यायो



काठमाडौं, १८ जेठ । ज्योति विकास बैंकले एकैदिन तीन नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले सुनसरीको झुम्का, सुर्खेतको बीरेन्द्रनगर तथा दाङ्गको घोराहिमा शाखा संचालनमा ल्याएको हो ।

सुनसरीको झुम्कामा संचालनमा ल्याएको ३० औं शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेल र उद्योग बाणिज्य संघ झुम्काका अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा गरेका छन् । त्यस्तै ३१ औं शाखा सुर्खेतको बीरेन्द्रनगरमा उद्योग बाणिज्य संघ सुुर्खेतका अध्यक्ष प्रकाश अधिकारी र बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरे ।

यसैगरी ३२ औं शाखा दाङ्गको घोराहीमा नेपाल राष्ट्र बैंक नेपालगंजका निर्देशक गुरु प्रसाद पौडेल, उद्योग बाणिज्य संघ दाङ्गका अध्यक्ष हेमराज बन्जाडे र  बैंकका संचालक नारायण प्रसाद पौडेलले संयुक्त रुपमा गरे ।

यी शाखाहरु सहित ३२ शाखा, एउटा एक्टेन्शन काउन्टर तथा १२ वटा एटिएम मार्फत स्तरीय बैंकिङ्ग सेवा प्रदान गर्नेछ । छिटै थप शाखाहरु मार्फत आफ्नो सञ्जाल देशव्यापी बनाउने लक्ष्य बैंकले लिएको छ ।

प्रकाशित : १८ जेष्ठ २०७४, बिहीबार ०९:०९