सुनचाँदीको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थतन्त्र

सुनचाँदीको मूल्य घट्यो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज १ हजार १ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ।मंगलबार सुनको मूल्य २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको छ । मंगलबार ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 31 December, 2025 11:21 am