काठमाडौं | पछिल्लो समय सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा इनड्राइभसँग सम्बन्धित केही कन्टेन्टहरू भाइरल भइरहेका सन्दर्भमा कम्पनीकी प्रतिनिधि रिता पोखरेलले आफ्नो धारणा सार्वजनिक गरेकि छिन्।
उनले सामाजिक सञ्जालमा देखिने सामग्रीप्रति सजग रहन आग्रह गर्दै भाइरल भएको आधारमै कुनै पनि जानकारीलाई सत्य ठान्नु उपयुक्त नहुने बताईन।
सामाजिक सञ्जालमा फैलिने कन्टेन्टलाई तथ्य र वास्तविकताका आधारमा बुझ्न आवश्यक रहेको उनको भनाइ छ।
“इनड्राइभ प्रयोगकर्ता तथा चालक साझेदारहरूको सुरक्षा र समग्र अनुभवलाई सधैँ उच्च प्राथमिकतामा राख्ने जिम्मेवार कम्पनी हो,” पोखरेलले उल्लेख गरिन। उनका अनुसार सामाजिक सञ्जालमा देखिने केही भिडियो वा पोस्टहरूले घटनालाई अपूर्ण वा भ्रामक रूपमा प्रस्तुत गर्न सक्ने भएकाले आधिकारिक सूचना र कम्पनीको स्पष्टिकरणलाई महत्व दिनु आवश्यक छ।






Comment