सरकारबाट बाहिरिनुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गर्ने छु : मन्त्री गौतम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

सरकारबाट बाहिरिनुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गर्ने छु : मन्त्री गौतम

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्


काठमाडौं
। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले सरकारबाट बाहिरिनुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर जाने बताएकी छन् । शुक्रबार सिंहदरवार वैद्यखाना अवलोकन गर्दै उनले आफ्नो अवधि छोटो भएपनि, जानुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर, कार्यान्वयनको जिम्मा लगाएर जाने बताइन् ।

उनले भनिन्, ‘मेरो अवधि छोटो भएपनि, म जानुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर, कार्यान्वयनको जिम्मा लगाएर जान्छु । त्यसकारण मन्त्री मात्र आएर हेरेर केही हुँदैन ।’ यस्तै, उनले वैद्यखानालाई कसरी सुधार गर्ने र कसरी यहाँको नेतृत्व र टिमलाई स्थायित्व दिने, प्रोत्साहन गर्ने भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने र राखेको पनि बताइन् ।

उनले भनिन्, ‘हामीले वैद्यखानालाई प्राथमिकतामा राख्ने हो र राखेकै पनि छौँ । नीतिगत रुपमा वैद्यखाना विकास समिति गठनको जुन खाका तयार भयो त्यो नै गलत भयो कि जस्तो बुझियो अहिले आउँदा, यो संस्था क्रमश ओरालो लाग्दै गएको देख्दा त्यही समस्या भएको जस्तो लाग्यो । यसलाई कसरी सुधार गर्ने र कसरी यहाँको नेतृत्वलाई र यहाँको टिमलाई स्थायित्व दिने, प्रोत्साहन गर्ने, लामो समय काम गरेपछि पनि स्तर वृद्धि नभएको कुराहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ, राख्ने पनि छु ।’

आफ्नै देशको जडीबुटी उत्पादन र प्रशोधन गर्न सक्याैं भने वैदेशिक रोजगारीमा जाने जनशक्ति पनि कम हुँदै जाने उनको भनाई छ ।

प्रकाशित : ११ पुस २०८२, शुक्रबार १८:१८ 26 December, 2025 6:18 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।