नाडाको साधारण सभा निर्धारित मितिमा नै सञ्चालन हुने- कुनै रोकावट छैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अटो

नाडाको साधारण सभा निर्धारित मितिमा नै सञ्चालन हुने- कुनै रोकावट छैन



काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो आगामी साधारण सभा निर्धारित समयमै हुने स्पष्ट पारेको छ। नाडाले विज्ञप्ति जारी गर्दै आगामी पुस ९ गतेका लागि तय गरिएको कार्यक्रममा कुनै परिवर्तन नभएको बताएको हो।

नाडाले साधारण सभा संस्थाको विधान र प्रचलित कानुनी प्रावधानअनुसार नै सञ्चालन हुन लागेको बताएको छ। हाल बजारमा फैलिएका भ्रमपूर्ण समाचारले सदस्यहरूमा अन्यौल सिर्जना गर्न खोजेको भन्दै नाडाले ती समाचारहरूको खण्डन गरेको छ। नाडा लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति पूर्ण प्रतिबद्ध रहेको जनाउँदै सबै सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।

यस्तै, सञ्चार माध्यम र सरोकारवालाहरुलाई नाडाद्वारा जारी आधिकारिक सूचनालाई आधार मानेर समाचार प्रकाशन गर्न आग्रह गरेको छ।

प्रकाशित : 24 December, 2025 11:24 am