काठमाडौँ । हिमालयन रिम फिल्म प्रदर्शनीको काठमाडौँ विश्वविद्यालय स्टप सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा आयोजित कार्यक्रममा चिनियाँ एनिमेसन, एआई प्रविधि र सांस्कृतिक–रचनात्मक गतिविधिमार्फत नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाइएको आयोजकले जनाएको छ।
प्रदर्शनीले नेपाली शिक्षक र विद्यार्थीहरूलाई प्रविधि र संस्कृतिको संयोजनमा आधारित चिनियाँ एनिमेसनलाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्यो।
द स्पिरिट अफ द माउन्टेन्सको विशेष प्रदर्शन गरिएको थियो । त्यसपछि सेतो सर्प चलचित्रको स्क्रिनिङ, रचनात्मक टोलीसँग अनलाइन संवाद तथा ब्लाइन्ड बक्स गतिविधि सञ्चालन गरेको थियो । परम्परागत चिनियाँ कथामा आधारित यस चलचित्रले विद्यार्थीहरूको ध्यान आकर्षित गर्यो।
डिसेम्बर १८ मा ‘फिंगरटिप क्रिएशन्स’ कार्यशाला कार्यक्रमको मुख्य आकर्षण बन्यो। नेपाली कारीगरहरूले परम्परागत हस्तनिर्मित कागज बनाउने प्रक्रिया प्रदर्शन गरे। विद्यार्थीहरूले सोही कागज प्रयोग गरी चिनियाँ एनिमेसन पात्रहरूबाट प्रेरित पोस्टर र चित्रहरू तयार पारे। यसले चिनियाँ एनिमेसन र नेपाली हस्तकलाबीचको सुन्दर संयोजन देखाएको सहभागीहरूले बताए ।
बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर झाङ यानले ‘एआई र फिल्म उद्योगमा नवप्रवर्तन’ विषयमा व्याख्यान दिए। साथै चिनियाँ फिल्मसँग सम्बन्धित सांस्कृतिक तथा रचनात्मक सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए, जसलाई विद्यार्थीहरूले रुचिका साथ अवलोकन गरे ।
कार्यक्रमको अन्त्यमा लेजेन्ड्स अफ हेई २ को प्रदर्शनपछि नेपाली विद्यार्थी र चिनियाँ टोलीबीच हस्ताक्षर तथा सामूहिक तस्बिर खिच्ने कार्यक्रमसमेत आयोजना गरियो ।
आयोजकका अनुसार हिमालयन रिम फिल्म प्रदर्शनी केवल चलचित्र प्रदर्शनमा सीमित नभई संवाद, कार्यशाला र सांस्कृतिक गतिविधिमार्फत नेपाल–चीनबीच आपसी समझदारी र सिर्जनात्मक प्रेरणा आदानप्रदान गर्ने सफल मञ्च बनेको छ।







Comment