मुक्तिनाथ विकास बैंककाे बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ विकास बैंककाे बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ९५ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा मुक्तिनाथ विकास बैंकले घोषणा गरेको ९५ लाख ३४ हजार ५०७.१८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकले गत आवका लागि १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभाशको करसहित) गरी कुल १८.२० प्रतिशत लाभांश घोषणा गरेको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि कम्पनीको उक्त बोनस सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

प्रकाशित : 22 December, 2025 2:20 pm