नेपाल मोबाइल ब्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल मोबाइल ब्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व



काठमाडौं। नेपाल मोबाईल ब्यवसायी संघ काठमाडौंको अध्यक्षमा जनक बस्नेत निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले बस्नेतको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । बस्नेत यसअघि कार्यसमितिमा उपाध्यक्ष थिए ।

निर्वाचन समिति संयोजक तथा अधिवक्ता जनक साउदका अनुसार संघको उपाध्यक्ष पदमा दिपक अधिकारी र प्रकाश कार्की निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी महासचिवमा इन्जिनियर गणेश उप्रेती, सचिवमा रामबाबु भट्ट, कोषाध्यक्षमा लेखनाथ अधिकारी र सहकोषाध्यक्षमा उमेश चौलागाईं चुनिएका छन्।

निवर्तमान अध्यक्ष सुरेश वाँनियाले २५ सदस्यीय कार्यसमिति पूर्णरुपमा निर्विरोध चयन भएको जानकारी दिए। निर्वाचित कार्यसमितिको कार्यावधि दुई वर्षको हुने बानियाँले बताए ।

प्रकाशित : 21 December, 2025 1:09 pm