सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट



काठमाडौँ। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्यनजर गर्दै यो योजना सार्वजनिक गरिएको हो ।

यो पुनर्जागरण अभियान पौष ६ गते देखी २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने संस्थाले जनाएको छ । व्यतीत बीमालेखमा ब्याज छुटको सुविधा लिए पश्चात ६ महिना भित्रमा बीमालेख समर्पण गरेमा भने छुट पाएको सम्पूर्ण रकम भुक्तानी गराई समर्पण गरिने छ ।

साथै बीमालेख परिपक्व हुन १ वर्ष वा १ वर्ष भन्दा कम अवधि बाकी रहेको बीमालेखमा ब्याज छुट नपाइने व्यहोरा कम्पनीले जनाएको छ। सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।

संस्थाले सार्बजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुबिधा लिई व्यतित बीमालेख नबिकरण गरि मौकाको फाईदा लिन कम्पनीले अनुरोध गरेको छ ।

संस्थाको देशैभरि रहेका १६८ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यम हरूबाट यस योजनामा सहभागी हुन सकिने इन्स्योरेन्सले जनाएको छ।

प्रकाशित : 21 December, 2025 12:23 pm