काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको हो।
घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।





Comment