केपी शर्मा ओली पुनः एमाले अध्यक्षमा निर्वाचित, महासचिवमा शंकर पोख्रेल विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

केपी शर्मा ओली पुनः एमाले अध्यक्षमा निर्वाचित, महासचिवमा शंकर पोख्रेल विजयी



काठमाडौं। नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार अध्यक्षका उम्मेदवार ओलीले १ हजार ६६३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका छन्। यद्यपि निर्वाचनको औपचारिक घोषणा हुन बाँकी छ।

यसैगरी, नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन्। मतदान परिणामअनुसार पोख्रेलले १ हजार २२८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन्। महासचिव पदको पनि औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित : 18 December, 2025 1:20 pm