२१ दशमलव १५ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२१ दशमलव १५ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ १६ जेठ । मंगलबार नेप्से २१ दशमलव १५ अंकले ओरालो लागेको छ। १६सय १५ मा खुलेको नेप्से १५सय ९४ मा पुगेर बन्द भएको छ। मंगलबार उतपादनमुलक र फाइनान्स समुह बाहेक अरु सबै समुहले गुमाएको छ ।
मंगलबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै गुमाएको छ। मंगलबार इन्स्योरेन्स समुह १ सय २० दशमलव ५ अंकले ओरालो लागेको छ । मंगलबार अन्य समुह २६ दशमलव ९ अंकले, बैकिडं समुह १९ दशमलव ३७ अंकले, विकास बैँक १६ दशमलव २२ अंकले, होटल समुह ११ दशमलव ०७ अंकले, जलविधुत समुह १० दशमलव ४४ अंकले, ओरालो लागेको छ ।
मंगलबार उतपादनमुलक समुह ५ दशमलव १७ अंकले र फाइनान्स समुह १ दशमलव ५८ अंकले उकालो लागेको छ ।
मंगलबार कारोबारमा आएका १४७ कम्पनी बाट १२ लाख ९७ हजार ८सय २८ कित्ता शेयरबाट ७६ करोड ३८ लाख १८ हजार ६० रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७४, मंगलवार ०९:४२