टियागो इभि अन्तर–विद्यालय कला प्रतियोगिता “कार्टनिभल”का आशिम र समय्यालाई पी एस ५ पुरस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

टियागो इभि अन्तर–विद्यालय कला प्रतियोगिता “कार्टनिभल”का आशिम र समय्यालाई पी एस ५ पुरस्कार



काठमाडौं । टियागो इभि कार्टनिभल अन्तर स्कुल चित्रकला कार्यक्रम अन्तर्गत प्रदर्शनी र पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न भएको छ। सिप्रदियन सहायतासंस्था र बुढानिलकण्ठ स्कुलको सहकार्यमा आयोजित अन्तर स्कुलचित्रकला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

१० निजी र ६सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएको कार्यक्रम, चित्रकला प्रदर्शनी तथा विशेष पुरस्कार वितरण समारोहसहित सम्पन्न भएको छ । । प्रतियोगिता अन्तर्गत कक्षा ५देखि ८ सम्मको समूहमा त्रियोग हाईस्कुलका आशिम सुन्दास र कक्षा ९ देखि१२ को समूहमा बुढानिलकण्ठ स्कुलका समय्या थापा प्रथम भएका छन् ।दुवै समूहका प्रथम विजेताहरूलाई पुरस्कार स्वरूप प्लेस्टेशन ५ प्रदान गरिएको छ ।

दुई चरणमा विभाजन गरिएको यस कार्यक्रमको पहिलो चरण अन्तर्गत गतमङ्सिर १३ गते चित्रकला प्रतियोगिता र कार्यशाला सञ्चालन गरिएकोथियो भने दोस्रो चरणमा पौष २८ गते उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा पुरस्कार वितरण गरिएको थियो ।

प्रतियोगिताको कक्षा ५ देखि ८ को समूहमा काठमाडौँ यूरो स्कुलकी ब्रिशा भट्टले द्वितीय, नेशनल ब्लुमिंगफ्लावोर एकेडेमीका सामिक कुँवरले तृतीय, बुढानिलकण्ठ स्कुलका दक्षचौधरीले चौथो र त्रियोग हाईस्कुलकी आश्वी घलेले पाँचौँ स्थान हासिलगरेका छन् । त्यसैगरी कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ माध्यमिक विद्यालयकी युनिशा श्रेष्ठ र राजन मुखिया क्रमशः द्वितीय र तृतीय हुन सफल भएका छन् ।

उक्त कार्यक्रम बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदीट्रेडिङ प्रा।लि।का पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापतिका साथै शैक्षिक, अभिभावक, सहभागी स्कुलका विद्यार्थी, तथा कला क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो ।

प्रकाशित : 15 December, 2025 11:13 am