आइएमई लाइफ इन्स्योरेन्सको नगद लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आइएमई लाइफ इन्स्योरेन्सको नगद लाभांश घोषणा



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

उक्त बैेठकले आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी ५ अर्ब रुपैयाँको १०.५२३६२ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

प्रकाशित : 12 December, 2025 11:21 am