एनआरएन इन्फ्राद्वारा कुमारी बैंकका संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआरएन इन्फ्राद्वारा कुमारी बैंकका संस्थापक सेयर बिक्रीमा



काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको नाममा रहेको कुमारी बैंकको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीaमा राखिएको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिनु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ । आवेदन दिदा आफूले खरिद गर्न चाहेको सेयर कित्ता र मूल्य खुलाउनु पर्नेछ ।

उक्त अवधिभित्र कुनै आवेदन नआएमा सर्वसाधारणलाई सेयर बिक्री गरिनेछ ।

प्रकाशित : 8 December, 2025 11:05 am