काठमाडाै । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूलाई लक्षित गर्दै “Winter EV Service And Exchange Camp” सार्वजनिक गरेको छ । जाडो मौसममा ईभीको प्रदर्शन र सुरक्षालाई थप सुदृढ बनाउन विशेष रूपमा आयोजना गरिएको यो सर्भिस क्याम्प डिसेम्बर ७ देखि १० सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
कम्पनीले दिएको जानकारी अनुसार यस सर्भिस क्याम्पमा सहभागी हुने ईभी प्रयोगकर्ताले निःशुल्क लेबर चार्ज, निःशुल्क टप वाशिङ, निःशुल्क कम्प्युटर डायग्नोसिस, निःशुल्क ब्याट्री तथा इलेक्ट्रिकल परीक्षण, सस्पेन्सन र ब्रेकको निःशुल्क जाँच र एक पूर्ण १०–प्वाइन्ट चेकअप सेवा पाउने छन् ।
यसका अतिरिक्त जाडोको तयारीका लागि आवश्यक पर्ने स्पेयर पार्ट्स र लुब्रिकेन्ट्समा १८ प्रतिशतसम्म छुट प्रदान गरिने भएकाले सर्भिसिङ प्रक्रियालाई थप किफायती र सहज बनाउने कम्पनीले जनाएको छ ।
यस सर्भिस क्याम्पमा नियमित ईभी सर्भिसिङको सुविधासँगै ईभी एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइनेछ । यस सुविधाले नयाँ टाटा ईभी खरिद गर्न चाहने ग्राहकहरूलाई थप विकल्प र लाभ प्रदान गर्ने कम्पनीको विश्वास छ । सिप्रदीले यस पहलमार्फत ग्राहकलाई हिउँदभरि सुरक्षित, भरपर्दो र सहज ईभी अनुभव दिलाउने लक्ष्य लिएको छ ।
सिप्रदी ट्रेडिङले विद्युतीय गतिशीलताको वृद्धि र ग्राहक सन्तुष्टिलाई आफ्नो प्राथमिक चासोमा राख्दै आगामी दिनहरूमा पनि यस्ता उपयोगी, प्रभावकारी र ग्राहकमैत्री अभियानहरू सञ्चालन गर्ने जनाएको छ । कम्पनीका अनुसार यो क्याम्प नियमित सर्भिस मात्र नभई जाडो मौसमलाई आत्मविश्वासका साथ पार गर्ने सबै ईभी ग्राहकहरूका लागि एक महत्वपूर्ण सहायता अभियान हुने अपेक्षा गरिएको छ ।





Comment