तीन आर्थिक पत्रकारलाई नाफिज पुरस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

तीन आर्थिक पत्रकारलाई नाफिज पुरस्कार




काठमाडौं । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले तीन जना आर्थिक पत्रकारहरुलाई पुरस्कृत गरेको छ । आइतबार काठमाडौंमा आयोजना गरिएको नाफिजको १६ औं वार्षिक साधारण सभामा फरक फरक विधामा सम्मान गरेको हो ।

एक लाख राशीको ‘शारदा–ढुन्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०८२’बाट रविन पौडेलले पाएका छन् । पौडेल क्लिकमाण्डूमा कार्यरत छन् ।

५० हजार रुपैयाँ राशीको ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २०८२’ कमला भण्डारीले पाएकी छिन् । उनी क्यापटिल नेपालमा कार्यरत छिन् ।

अर्को ५० हजार रुपैयाँ राशीकै ‘सिबिफिन–नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०८२’बाट अम्बिका शर्माले पाएकी छिन् । उनी टक्सार म्यागेजिनमा कार्यरत छिन् ।
पुरस्कृत हुनेहरुलाई अर्थमन्त्री रामेश्वर खनालले पुरस्कार वितरण गरेका हुन् ।

यसका साथै नाफिज फेलोसिप नयाँ पत्रिका दैनिकका यम बमले प्राप्त गरेका छन् ।

प्रकाशित : 7 December, 2025 9:58 am