म्युचुअल फन्ड ‘आरविवि फोकस ४०’ नेप्सेमा सूचिकृत, दोस्रो बजार कारोबार मंसिर २१ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

म्युचुअल फन्ड ‘आरविवि फोकस ४०’ नेप्सेमा सूचिकृत, दोस्रो बजार कारोबार मंसिर २१ देखि



काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गतको ‘आरविवि फोकस ४०’का ईकाइहरु नेपाल स्टक एक्सचेञ्ज९नेप्से०मा सूचिकृत भएको छ । बुधबार नेप्सेमा आरविवि फोकस ४० को प्रति इकाई मूल्य रु १० कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष सूचिकृत भएको हो ।

यससँगै आज नेप्से र आरविवि मर्चेन्ट बैंकिङबीच सूचिकरण सम्झौता समेत भएको छ । कम्पनीको दोस्रो बजार कारोबारका लागि उक्त धितोको स्टक सिम्बोल ‘आरविवि फोकस४०’ कायम गरिएको छ ।

यो योजनाका इकाई धितोपत्र सूचिकरण नियमावली,२०७५ बमोजिम मंसिर १५ गतेको निर्णयानुसार सूचिकृत भएको हो । यससँगै अब यो म्युचुअल फण्ड मंसिर २१ गतेदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित : 3 December, 2025 5:06 pm