काठमाडौँ । बीमा अभिकर्ताको इजाजतपत्र नवीकरणका प्रावधान अस्पष्ट रहेको भन्दै उठेको आवाजपछि नेपाल बीमा प्राधिकरणले ५ बुँदे निर्देशन जारी गरेको छ।
प्राधिकरणले सबै इजाजतपत्र प्राप्त बीमकहरूका नाममा परिपत्र जारी गर्दै अभिकर्ता इजाजतपत्र नवीकरणका प्रक्रिया तथा आवश्यकतामा एकरूपता कायम गर्न ५ बुँदे निर्देशन अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो।
मंसिर १५ गते बसेको प्राधिकरणको निर्णयअनुसार यो निर्देशिका जारी गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले नयाँ निर्देशिका कार्यान्वयनसँगै नवीकरण प्रक्रियामा स्पष्टता, पारदर्शिता र कार्यदक्षता बढ्ने विश्वास व्यक्त गरेको छ।






Comment