टेलिकममा अख्तियारको अंकुश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

टेलिकममा अख्तियारको अंकुश



काठमाडौं। नेपाल टेलिकमले रणनीतिक साझेदार भित्र्याउन छानेको परामर्शदाता एनालाइसिस मेसन कम्पनीको फाइल अख्तियाले नियन्त्रणमा लिएको छ ।

लामो समयपछि रणनीतिक साझेदारी ल्याउन प्रक्रिय थालेको टेलिकमले प्रतिस्पर्धाका आधारबाट भारतमा रहेको अमेरिकी कम्पनी एनालाइसिस मेसनलाई बैशाखमा छानेको थियो । लगत्तै अख्तियारले छनोट प्रक्रियामा अनियमितता भएको आशंकामा फाइल लगेर अनुसन्धान गरिरहेको छ ।

अख्तियारले आइतबार पनि टेलिकमका उच्च अधिकारी बोलाएर सोधपुछ गरेको श्रोतले जनाकारी दियो । नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमका अध्यक्ष सुनिलकुमार मिश्रले परामर्शदाता छनोट प्रक्रियाको फाइल अख्तियारले लगेको जानकारी दिए ।

‘अख्तियारले परामर्शदाताको अन्तिम सूचीमा रहेका ६ वटा कम्पनी र छनोट प्रक्रियाको फाइल लगेको छ,’ उनले भने, ‘टेलिकममा यो पुरानै रोग हो । कुनै काम अघि बढ्ने बेलामा उजुरी गर्ने र अवरोध हुने क्रम चलिरहन्छ ।’

अख्तियारका एक अनुसन्धान अधिकृतले परामर्शदाता छनोट प्रक्रियमा अनियमितता भएको भनेर उजरी परेपछि छानबिनका लागि केही फाइल नियन्त्रणमा लिएको बताए । ‘हामीले करिब डेढ महिनादेखि यसमा अनुसन्धान गरिरहेका छौं । एक सातापछि अनुसन्धान सकिन्छ,’ उनले भने ।

प्रकाशित : २१ असार २०७२, सोमबार ०६:२५