काठमाडौं — Premier International IB Continuum School ले आयोजना गरेको Anveshan: MYP STEAM Exhibition 2025 बुधबार सम्पन्न भएको छ। कक्षाः ६, ७ र ९ का विद्यार्थीहरूले तयार पारेका ३५ भन्दा बढी परियोजनाले विद्यालय परिसर उल्लासमय बनेको थियो। विद्यार्थीहरूले सिर्जनात्मकता, जिज्ञासा र प्रविधि–दक्षता प्रदर्शित गर्दै सरल तथा जटिल यन्त्र, ऊर्जा रूपान्तरण र प्रणाली जस्ता विषयमा गहिरो अनुसन्धान प्रस्तुत गरे।
कार्यक्रममा विद्यार्थीहरूले स्वचालित प्रणालीदेखि लिएर दीगो प्राविधिक समाधानसम्मका विविध मोडल तथा प्रोटोटाइप सार्वजनिक गरेका थिए। प्रदर्शनमा देखाइएका प्रमुख परियोजनामा Automatic Water Dispenser, Hydraulic Braking System, Piezoelectric Plate बाट चल्ने Gravity-Fall Electricity Generator, Smart Gesture-Based Prosthetic Arm, Emergency Situation Remote-Operated Car, Smart Street Lights तथा Renewable Energy Sources का मोडलहरू समावेश थिए।
विद्यार्थीहरूले यी सबै परियोजना MYP Design Technology ले प्रस्ताव गर्ने चरणहरू—Inquiry, Development, Creation र Evaluation—पालना गर्दै तयार पारेका थिए। कक्षाकोठामा सिकेका सिद्धान्तलाई प्रत्यक्ष प्रयोगमा उतारेर ‘सीखाइबाट सिर्जना’ कस्तो हुन सक्छ भन्ने उनले उदाहरणसहित देखाएका थिए।
प्रदर्शनमार्फत विद्यार्थीहरूले वैज्ञानिक ज्ञानसँगै २१औँ शताब्दीका अत्यावश्यक सीपहरू पनि अभिवृद्धि गरेका थिए।
CAD र 3D मोडेलिङ, सर्किट डिजाइन र सोल्डरिङ, Arduino आधारित कोडिङ, ब्लक तथा टेक्स्ट कोडिङ, वर्कसप सुरक्षा लगायत थियाे । यससँगै परियोजना योजना, सहकार्य, समस्या समाधान, ट्रबलशुटिङ र परीक्षण–सुधार जस्ता वास्तविक जीवनमा उपयोगी दक्षताहरू विद्यार्थीकै नेतृत्वमा अभ्यास गरियो। अंतिम मोडल मात्रै होइन, आफ्नो विचार परिमार्जन गरी सफल बनाउने प्रक्रियाकै अनुभव विद्यार्थीका लागि महत्त्वपूर्ण बनेको शिक्षकहरूले बताए।
कार्यक्रमका अतिथि निर्णायक हिप्को इन्फ्राका निर्देशक तथा The Leaf Resort & Spa का संस्थापक हिटेस गोल्छाले विद्यार्थीहरूको प्रस्तुति अवलोकन गर्दै विशेषतः कम उमेरका विद्यार्थीमा देखिएको आत्मविश्वास र प्रविधि–दक्षताको प्रशंसा गरे। उनका अनुसार, विद्यार्थीका सिर्जनात्मक एवं कार्यान्वयनयोग्य परियोजनाहरू भविष्यमा पनि नवप्रवर्तनप्रति प्रेरित हुने आधार बनिरहनेछन्। उनी प्रेरित भई विजयी टोलीहरूलाई LEGO गिफ्ट ब्याग स्पोन्सर गर्दै विद्यार्थीहरूको नवप्रवर्तनशीलतामा थप ऊर्जा थपिदिएका छन्।
विद्यालयका अनुसार, यस्ता गतिविधिले विद्यार्थीहरूलाई वास्तविक समस्या समाधानमा सक्षम भविष्यका आविष्कारक बनाउने मार्ग प्रशस्त गर्दै गएको छ।





Comment