नेपाल पे द्वारा एनपीएलमा ‘सिक्स’ प्रतियोगिता, आजको खेलमा भाग्यशालीलाई टप–अप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपाल पे द्वारा एनपीएलमा ‘सिक्स’ प्रतियोगिता, आजको खेलमा भाग्यशालीलाई टप–अप



काठमाडौँ । नेपाल पेले एनपीएल (नेपाल प्रिमियर लिग) को चौथो खेलका अवसरमा विशेष ‘Make the Right Decision and Win’ नामक प्रतियोगिता सार्वजनिक गरेको छ। आज हुने काठमाडौ गोर्खाज र सुदूरपश्चिम रोयल्स बीचको खेलमा कुन टोलीले बढी छक्का हान्छ? भन्ने अनुमान सही लगाउने सहभागी मध्येको चार जनालाई रु ५०० को मोबाइल टप–अप प्रदान गरिने आयोजकले जनाएको छ।

फ्यान–इन्गेजमेन्ट बढाउन सुरू गरिएको यो अभियानमा नेपाल पे QR प्रयोगकर्ताले सजिलै सहभागी हुन सक्ने बताइएको छ। एनपीएललाई सिद्धार्थ बैंक र एनसेलले शक्ति प्रदान गरिरहेका छन्।

प्रतिस्पर्धात्मक खेलसँगै समर्थकहरूले अनुमान गर्दै इनाम जित्ने अवसर पाउने भएपछि उत्साह झनै बढेको देखिन्छ।

प्रकाशित : 19 November, 2025 4:23 pm