कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ। कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो ।

कर्णालीका प्रियांक पन्चालले ९० रन बनाए । पवन सर्साफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए । चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक÷एक विकेट लिए।

प्रकाशित : 18 November, 2025 2:10 pm