इच्छाकामना गाउँपालिकालाई प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सद्वारा बीमा रकम हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

इच्छाकामना गाउँपालिकालाई प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सद्वारा बीमा रकम हस्तान्तरण



भरतपुर । प्रोटेक्भिट माइक्रो इन्स्योरेन्स, भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बीमा दाबी अन्तर्गतको रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ। शनिबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल सहितका जनप्रतिनिधिहरूको उपस्थितिमा भरतपुर शाखाका प्रमुख कुमार उप्रेतीले ३७ लाख ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा जलाइएका गाउँपालिकाका १ स्कर्पियो र १ बोलेरो गाडीको क्षतिपूर्तिस्वरूप उक्त बीमा रकम प्रदान गरिएको हो।

प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सले सेवा प्राप्तिकर्ताको जोखिम न्यूनीकरण तथा दाबी भुक्तानीमा द्रुत, पारदर्शी र दिगो सेवा प्रवाह गर्ने प्रतिवद्धता पुनः दोहोर्याएको छ।

प्रकाशित : 18 November, 2025 1:41 pm