काठमाडौं । आइतबार सुनको भाउ एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो। चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी आज ३ हजार १३५ रुपैयाँ छ ।





Comment