सुनको मूल्य ह्वात्तै उकालो, एकैदिनमा तोलामा ४ हजार ९ सय रुपैयाँको वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य ह्वात्तै उकालो, एकैदिनमा तोलामा ४ हजार ९ सय रुपैयाँको वृद्धि



काठमाडौं । मंगलबार स्थानिय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेको हो । आजको सुनको कारोबार प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको भाउ २ हजार ९ सयले बढेको थियो ।

आज चाँदीको भाउ समेत वृद्धि भएको छ । चाँदी १०५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १७० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : 11 November, 2025 11:57 am